जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई बलराम फार्मेसीको स्वास्थ्य सामाग्री

काभ्रे । धुलिखेलस्थित बलराम फार्मेसीले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना महामारीमा अग्रपंक्तिमा खटिने प्रहरी र प्रशासनका अधिकारीहरुलाई फार्मेसीका सञ्चालक बलराम थापाले माक्स, सेनिटाइजर र औषधी हस्तान्तरण गरेका हुन् । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई १५०० पिस सर्जिकल माक्स, ५ लिटरको सेनिटाइजर, जिंक र भिटामिन सि ५००÷५०० ट्याव्लेट हस्तान्तण गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेलाई १ हजार पिस सर्जिकल माक्स, ६ लिटर सेनिटाइजर र केही थान एन९५ माक्स हस्तान्तरण गरेका थापाले जानकारी दिए ।

लायन्स क्लव अफ काभ्रे शंखुका कोषाध्यक्ष समेत रहेका थापा विभिन्न सामाजिक काममा सकृय रहदै आएका छन् । कोरोना महामारीको समयमा उनले फ्रन्टलाइनमा खटिनेहरुको लागि स्वास्थ्य सामाग्री सहयोग गर्दै आएका छन् । थापाले नेपाल प्रेस युनियनमार्फत काभ्रेका कृयाशिल सञ्चारकर्मीलाई १ हजार पिस माक्स, ४५ पिस स्यानिटाइजर सहयोग गरेका थिए । उनले काभ्रेका सञ्चारकर्मीलाई फार्मेसीमा औषधी खरिदमा १० प्रतिशत छुटको घोषणा समेत गरेका छन् । थापाले २८ किलोमा रहेको मानव कल्याण समाजमा आश्रितहरुको लागि पनि माक्स, सेनिटाइजर र औषधी सहयोग गरेका छन् ।

प्रतिक्रिया