लुम्बिनीको नीति तथा कार्यक्रम सार्वजनिक

बुटवल । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले मंगलबार नीति कार्यक्रम प्रस्तुत गर्दै कोभिड–१९ को महामारीले प्रदेशको विकासमा पनि प्रभाव पारेको र आगामी वर्षको नीति तथा कार्यक्रम कोभिड नियन्त्रण र व्यवस्थापनमा केन्द्रित हुनु परेको बताए । उनले सरकारले प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन गर्ने गरी नीति र कार्यक्रम ल्याएको बताए ।

यादवले प्रस्तुत गरेको सरकारको नीति कार्यक्रममा कोभिड–१९ बाट प्रभावित क्षेत्रका लागि सुलभ कर्जा, ब्याजमा अनुदानदेखि उत्पादनमुखी कार्यक्रम र उद्योग स्थापनालाई पनि प्राथमिकतामा राखिएको छ । कोभिडको उपचार र व्यवस्थापनका लागि पूर्वाधार निर्माण, औषधि, उपकरण र जनशक्ति व्यवस्थापन कार्य पनि प्राथमिकतामा छ ।

स्वास्थ्यकर्मीका लागि प्रोत्साहनका कार्यक्रमदेखि प्रदेशभित्रका अस्पतालहरुको स्तरोन्नतीलाई पनि सरकारले प्राथमिकतामा राखेको छ । कृषि, शिक्षा, पूर्वाधार निर्माण, पर्यटन प्रवर्द्धनलगायतका क्षेत्रमा भने अधिकांस कार्यक्रम दोहोरिएका छन् । नयाँ कार्यक्रम र नयाँ योजनालाई सरकारले न्यून प्राथमिकता दिएको छ ।

प्रतिक्रिया