लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम विपक्षीद्धारा बहिष्कार

वुटवल । लुम्बिनी प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख धर्मनाथ यादवले आगामी आर्थिक वर्षको बजेटका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन । सरकारले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रम विपक्षी गठबन्धनले बहिष्कार गरेका छन् । प्रदेशसभा बैठकमा सत्तापक्षका अधिकांश प्रदेश सभा सदस्य उपस्थित थिए । विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका भने प्रमुख सचेतक मात्र उपस्थित थिए ।

विपक्षी गठबन्धनले प्रदेशमा नेकपा एमालेको बहुमत नरहेको भन्दै मुख्यमन्त्रीमा शंकर पोखरेल अवैधानिक रहेको बताउँदै आएका छन् । विपक्षीको विरोधका बाबजुद प्रदेश प्रमुख यादवले संविधानको धारा १६८ को उपदफा १ उद्धृत गर्दै पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । विपक्षी गठबन्धन नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रममा अनुपस्थित भए पनि प्रदेशसभा परिसरमा भने उपस्थित थिए ।

प्रतिक्रिया