संसद विघटनविरुद्धको रिटमाथिको सुनुवाइ ‘हेर्दाहेर्दै’मा

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाइ सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको छ। आइतबार इजलासका दुई जना न्यायाधीशमाथि सरकारपक्षका कानुन व्यवसायीहरुले प्रश्न उठाएपछि मुख्य मुद्दामा बहस हुन पाएन। जसकारण उक्त रिटमाथिको सुनुवाइ सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठ न्यायाधीशहरुको मर्यादाक्रमअनुसार संवैधानिक इजलास तोकेका थिए। प्रधानन्यायाधीश राणासहित, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलास गठन भएको थियो ।

प्रतिक्रिया