दार्चुलाको राष्ट्रिय धाम मालिकार्जुनको क्रमागत बजेट कटौती : स्थानीय भन्छन ‘अपहेलित भयौं’

दार्चुला । जिल्लाको मालिकार्जुन राष्ट्रिय धाममा क्रमागत बजेट कटौती हुदा स्थानीयहरुले मालिकार्जुन धामलाई अपहेलना गरेको भन्दै आक्रोश पोखेका छन । नेपाल सरकारबाट मुलुक भरिका सात वटा धामहरु मध्ये एउटा धामको रुपमा २०६५ सालमा घोषणा भएको मालिकार्जुन तीर्थस्थलको क्रमाङ्गत बजेट चालु आव २०७६।७७ देखि हटाईएको हो । मालिकार्जुन तीर्थस्थल सुदूरपश्चिम प्रदेशका लागि मात्रै नभई छिमेकी राष्ट्र भारतको अलमोडा, पिथोरागड, धारचूला लगायतको क्षेत्रका श्रद्धालु भक्तजनहरुका लागि समेत प्रसिद्ध छ ।

दार्चुला जिल्ला जिल्ला परिषदबाट उच्च प्राथमिकताका साथ २०६५ देखि क्रमाङ्गत रुपमा प्रत्येक वर्ष यहाँको पर्यटकीय पूर्वाधार विकास कार्यक्रमका लागि सालवसाली रुपमा गुरु योजनाको प्राथमिता अनुसार नेपाल सरकार पर्यटन तथा नागरिक उड्यान मन्त्रालय बाट बजेट विनियोजन हुदै आएको थियो । ३ करोड ४२ लाखको गुरु योजना पेश भए बमोजिम आ।व। २०६५।०६६ देखि आ।व। २०७५।७६ सम्म ७३ लाख विनियोजन हुदै आएको थियो । विगतमा विनियोजित बजेट बाट मालिकार्जुन मन्दिर मड देखि शिखर धाम जाने पिसिसि बाटो निर्माण कार्य, मन्दिर परिषर व्यवस्थापन, २ वटा अतिथी आवश गृह निर्माण, मन्दिर परिषर र मड भण्डारी घर मड र भौतडी चौड मन्दिर सम्मको पिसिसि बाटो निर्माण, शौचालय निर्माण, लगायतका कार्यहरु संचालन गर्दै अन्य पूर्वाधार विकासका क्रमाङ्गत कार्यक्रमहरु बजेट अभावको कारण ओझेलमा परेको स्थानीय बताउछन।

त्यस्तै विगत २०६५।६६ साल देखि गुरु योजना अनुसार क्रमिकरुपमा बजेट विनियोजन हुदै आएको र अगामी वर्षहरुमा पनि यसको सर्वाङ्गिण विकासका लागि मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० मालिकार्जुन भ्रमण वर्ष २०७६ को आयोजना गरी यस सम्वन्धि सरोकारवाला पक्षलाई यसको बजेटको निरन्तरताको लागि समेत अनुरोध गरेको थियो ।

यसै गरी मालिकार्जुन गाउँपालिकाले मिति २०७६ फागुन १५ मा राष्ट्रप्रमुख राष्ट्रपति, सुदूपश्चिम प्रदेशका मुख्यमन्त्री, पर्यटन मन्त्री, यस जिल्लाबाट निर्वाचित संघिय सांसद तथा निवर्तमान सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नालाई तीर्थ स्थलको पर्यटकीय पूर्वाधार विकासका लागि अनुरोध गरेको थियो । त्यस्तै, सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा हाल सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामी र प्रदेश सभा सदस्य गेल्बुसिंह बोहरा लगायतका विशिष्ठ व्यक्तिहरु समक्ष मालिकार्जुन तीर्थस्थलमै निमन्त्रणा गरी यस तीर्थ स्थलको पर्यटकीय पूर्वाधार विकासका लागि अनुरोध गरिएको गाँउपालिकाले जानकारी दिएको छ ।

उक्त विशिष्ठ उपस्थितिले यहाँका जनप्रतिनिधि,बुद्धिजिबी लगायतका सर्वसाधारणहरुले पनि यस क्षेत्रको विकासमा ठुलो मद्त पुग्ने विश्वाश लिए पनि प्रदेश सरकार र केन्द्र सरकारले चासो नदेखाएको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीले बताए । तर आव २०७६।७७ देखि यो क्षेत्रको बजेट कटौति र हालै मात्र नेपाल सरकारले सार्वजनिक गरेको आव २०७८।७९ को बजेटमा यो तीर्थस्थलको बजेटले प्राथमिकता पाउनु पर्नेमा बजेट नै कटौती हुदा यस क्षेत्रका जनता हरुमा निकै नै निराशा पाइन्छ ।

दुई तिहाईको सरकार र झन यसै जिल्लाको पनि सरकारमा प्रतिनिधित्व हुदा पनि बजेट थपिएर आउनु पर्नेमा क्रमाङ्गत बजेट नै कटौती हुन एकदमै अन्यायपुर्ण र राष्ट्रिय धाम लाई अपहेलित हुने काम भएको व्यवहारले यस क्षेत्रका जनतामा निराशापन देखिएको गाउपालिका अध्यक्ष नरेन्द्रसिंह धामीले बताए ।

प्रतिक्रिया