महालक्ष्मी विकास बैंकद्धारा स्वास्थ सामाग्री प्रदान

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भरतपुर महानगरपलिका–११ बसेनीस्थित गणेशस्थानका स्थानीय बासिन्दालाई कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्ने अभिप्रयायले मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री वितरण गरेको छ । उक्त स्वास्थ्य सामग्री बैंकको नारायणगढ शाखाका शाखा प्रमुख वीरेन्द्र चौधरीले एक कार्यक्रमका बीच वडा नम्बर ११ का वडा सदस्य चिन्तामणि लम्साल र गणेश स्थान टोल विकास समितिका अध्यक्ष राजनकुमार श्रेष्ठलाई हस्तान्तरण गरे ।

टोल विकास समितीका अध्यक्ष राजनकुमार श्रेष्ठले कोभिडको महामारीलाई नियन्त्रण गर्न बैंकले गणेशस्थानका बासिन्दालाई मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सामग्री वितरण गरी समाजिक उत्तरदायित्व पूरा गरेको भनी खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया