कोरोनाबाट मुगुमा थप एक जनाको मृत्यु, मृतकको संख्या २ पुग्यो

मुगु । कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुमा बिहिबार थप एक एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । छायानाथ रारा नगरपालिका २ का ४० वर्षीया एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । मृतकमा ज्वरो आउने, शरीर दुख्ने, खान मन नलाग्ने लक्षण देखिएको र अवस्था जटिल बन्दै गएपछि उपचारकै क्रममा जिल्ला अस्पताल मुगुमा मंगलबार निधन भएको सुचना अधिकारी पशुराम नेपालीले बताए ।

उनका अनुसार मुगुमा कोराना भाईरस कोभिड १९ को संक्रमण बाटे मृत्यु हुनेको सख्या २ पुगेको छ । यसअघि कोरोनाबाट एक जना वृद्धकोे मृत्यु भएको थियो । छायाँनाथ रारा नगरपालिका वडा नं १० स्थायी ठेगाना भएका एक जना ज्येष्ठ नागरिकको कोरोना संक्रमणबाट गत मङ्गलवार मृत्यु भएको हो ।

मृत्यु भएका ७० वर्षीया ज्येष्ठ नागरिकलाई एक हप्ता अघि ज्वरो, आउने, शरीर दुख्ने, खान मन नलाग्ने र शरीर गल्दै गए पनि जिल्ला अस्पतालमा नल्याएर गाउँघर मै जडीबुटीको औषधी गदै आएको बताइएको छ । मङ्गलवार सास फेर्न असहज भएर अवस्था जटिल बन्दै गएपछि उपचारका लागि जिल्ला अस्पतालमा ल्याउँदै गर्दा बाटो मै मृत्यु भएको सुचना अधिकारी नेपालीको भनाई छ । त्यो सँगै अहिले मुगुमा कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या २ पुगेको छ, भने संक्रमितको सख्या ३ सय ३४ जना पुगेको जनाइएको छ ।

प्रतिक्रिया