ज्योति लाईफको स्मार्ट एप्समा थप सुबिधा

काठमाडौ । ज्योति लाईफ इन्स्योरेन्सले बीमित तथा अभिकर्ता सबैको लागि उपयोगी स्मार्ट एप्समा थप आकर्षण र सुबिधा ल्याएकोे छ । एन्ड्रोइड तथा आइ.ओ.एस. दुबै मोबाईल प्रविधिमा उपलब्ध रहेको र नेपाली तथा अङ्ग्रेजी भाषामा समेत उपलब्ध भएकोले यो एप्स सबै खाले प्रयोगकर्ताहरुको लागि अत्यन्तै युजर फ्रेन्ड्ली रहेको ज्योति लाइफले जनाएको छ ।

बीमितले ज्योति लाईफबाट जारी गरिएका बीमालेखको विवरण तथा नविकरण सम्बन्धि सबै जानकारी आफैले उक्त एप्समा लग ईन मार्फत प्राप्त गर्न सक्ने छन् भने कम्पनीद्धारा जारी अन्य आवश्यक सुचनाको जानकारी समेत पाउन सकिन्छ । यसका साथै अभिकर्ताले आफुले बिक्रि गरेका बीमालेखको विवरण, टिमको विवरण र ब्यवसाय, कर्जाको विवरण तथा कार्यतालिका समेतको जानकारी यसमा समावेश गरी, स्मार्ट एप्सलाई पहिले भन्दा अझ सरल र धेरै सुबिधाहरुका साथ सार्वजनिक गरीएको छ ।

ज्योतिले सबै प्रकारका बीमा योजनाको बारेमा आकर्षक भिडियो सहित आफ्ना सेवा–सुविधा समेतको पर्याप्त जानकारी यसमा उपलब्ध गराएको छ । यस भित्र क्यालेण्डर तथा बिश्वसनीय प्रिमियम क्याल्कुलेटरको सुविधा पनि समावेस गरीएको र प्रयोगकर्ताले सम्भावित प्रस्तावकलाई सिधै बीमाशुल्क गणनाको प्रोपोजल पठाउन, सेयर गर्न सकिेन छ । जसका कारण सेवाग्राहिले यसलाई मोबाईल इन्स्योरेन्स सेवाको रुपमा लिन सक्ने छन् । ज्योति लाईफद्धारा सञ्चालन गर्ने अभिकर्ता तालिम तथा ज्याति केयर्स अभियानबारे जानकारी समेत प्राप्त गर्न सकिने भएकोले सबै प्रकारका सेबाग्राहिले यस मोबाईल एप्सबाट लाभ लिन सक्ने दावी कम्पनीले गरेको छ ।

प्रतिक्रिया