मदिरा चोरेको आरोपमा तीन प्रहरी निलम्बित

सिरहा । मदिरा चोरी गरेको आरोपमा तीन प्रहरी निलम्बनमा परेका छन् । निलम्बनको कारबाहीमा पर्नेमा सिरहाका एक सहायक प्रहरी निरीक्षक र दुईजना प्रहरी जवान रहेका छन् ।

सिरहाका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माका अनुसार ईलाका प्रहरी कार्यालय लहानमा कार्यत प्रहरी साहायक निरीक्षक नवल किशोर ठाकुर, प्रहरी जवान अन्नु कुमार राय र नरेश कुमार राय लिम्बनमा परेका हुन् ।

यही जेठ ९ गते गस्तिमा खटिएका बेला लहान नगरपालिका २३ गढीया चोकस्थित पूजा मदिरा पसलबाट मदिरा चोरी भएको थियो । मदिरा चोरी गरेको भिडियो सिसिटिभीमा रेकर्ड भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । त्यसलगत्तै प्रहरीको चौतर्फी आलोचना हुन थालेपछि विभागीय कारवाही गरिएको हो ।

यो घटनाको अनुसन्धानका लागि सिरहाकै अर्का प्रहरी नायव उपरीक्षक तपनबहादुर सिंहको संयोजकत्वमा चार सदस्यीय छानबीन समिति गठन भएको छ । समितिको अनुसन्धान पश्चात नियम अनुसार कारवाही हुने सिरहा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया