महन्थ र राजेन्द्र बालुवाटारमा

काठमाडाैं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । पछिल्लो राजनीतिक परिस्थिति र सरकार पुनर्गठनको विषयमा छलफल गर्नका लागि अध्यक्ष ठाकुर र दलका नेता महतो बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री ओलीसँग जसपाको तर्फबाट सरकारमा सहभागी हुने विषय छलफल गर्न ठाकुर र महतो बालुवाटार पुगेको बताइएको छ । सरकारमा सहभागी हुनका लागि जसपाले ८ जना मन्त्री मागेको छ । जसमा प्रधानमन्त्री ओली पनि सकारात्मक भएको बताइएको छ । बैठकमा कुरा मिले आजभोलि मै सरकारमा सामेल हुने जसपाको तयारी छ ।

प्रतिक्रिया