कतार एयरवेजको साप्ताहिक उडान संख्यामा वृद्धि

काठमाडौ । कतार एयरवेजले आगामी जुन १ देखि आफ्ना चार साप्ताहिक एटलान्टा उडानहरू पुनः सुरू गर्ने भएको छ । उक्त नेटवर्कमा हवाई गन्तव्य संख्या १२ पुुग्ने भएको छ । यो कोभिड–१९ महामारी अघिको संख्याभन्दा दुई बढी हो । एयरलाइनले बोस्टन, मियामी, न्यूू योर्क, फिलेडेल्फिया, स्यान फ्रान्सिस्को र सिएटलमा सेवा बढाउँदै संयुक्त राज्य अमेरिकाभरि ८५ भन्दा बढी उडानका साथ यात्रुका लागि अधिक सहज यात्रा विकल्पहरू प्रदान गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

वृद्धि भएका सेवाहरूले केप टाउन, मालदिभ्स, सिचेल्स र जान्जीबार, र अफ्रिका, एशिया र मध्य पूर्वमा अन्य प्रमुख लोकप्रिय स्थलहरूलाई पनि जोड्दै थप सुविधा प्रदान गर्ने पनि एयसलाइन्सले जनाएको छ ।

प्रतिक्रिया