मेस्सीलाई बार्सिलोनाको नयाँ प्रस्ताव

लण्डन । बार्सिलोनाले सुपर स्टार लिओन मेस्सीलाई सम्झौताको नयाँ प्रस्ताव गरेको छ । मेस्सीको अहिलेको सम्झौता जुन ३० मा सकिंदैछ । क्लबका अध्यक्ष जोन लापोर्टाको टोलीले मेस्सीको सम्झौताको अन्त्यसम्म प्रतिक्षा नगरि नयाँ सम्झौताको प्रस्ताव अघि सारेको छ । तर मेस्सीले भने क्लबको सन् २०२१/२२ को योजना नहेरी नयाँ प्रस्तावका बारेमा प्रतिक्रिया नजाउने बताइएको छ । मेस्सी अहिले अर्जेन्टिनाले भाग लिने कोपा अमेरिकाको तयारीमा जुटेका छन् ।

३३ वर्षे सुपर स्टार देशका लागि पहिलो महत्वपूर्ण उपाधि दिलाउने योजनामा रहेका छन् । मेस्सीले पटक पटक बार्सिलोनाले उपाधि जित्नका लागि नयाँ योजनाको आकर्षक प्रस्ताव ल्याएको खण्डमा विचार गर्न सकिने बताउँदै आएका छन् । उनले आर्थिक विषय भने दोस्रो प्राथमिकतामा रहेको उल्लेख गर्दै आएका छन् ।

लापोर्टा भने क्लबको आर्थिक अवस्थाका बारेमा बुझ्न चाहिरहेका छन् । त्यसका लागि अझै केहि साता कुर्नुपर्ने हुन्छ । त्यसका वावजुद पनि टोलीले मेस्सी सामूह प्रस्ताव अघि सारेको हो । शुक्रबार लापोर्टाले पत्रकार सम्मेलनमार्फत मेस्सीका बारेमा थप प्रकाश पार्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया