सिरियाको राष्ट्रपतिमा पुनः असद निर्वाचित

दमासकस । सिरियामा राष्ट्रपति पदको लागि भएको निर्वाचनबाट पुनः वर्तमान राष्ट्रपति बसर अल असद निर्वाचित भएका छन् । दुई दिनअघि भएको मतदानबाट उनी नै पुनः राष्ट्रपतिमा निर्वाचित भएको बताइएको छ ।

सिरियाका सभामुख हमादेन सवागले बिहीबार सो कुराको घोषणा गरेका हुन् । सिरियाको संसदले बिहीबार उनी पुन सिरियाको राष्ट्रपतिमा निर्वाचित भएको समाचार घोषणा गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

समाचारमा जनाइए अनुसार उनले यस पटकको निर्वाचनमा उनका प्रतिद्धन्द्धीहरुको भन्दा निकै धेरै मत ल्याएका छन् । उनको ९५.१ प्रतिशत मत आएको सिरियाको संसदले घोषणा गरेको छ ।

यस पटक समेत गरी उनी सिरियाको राष्ट्रपतिमा चौथो पटक निर्वाचित भएका हुन् । उनको कार्यकाल सात वर्षको हुनेछ । उनले यसअघि सन् २०१४ मा भएको निर्वाचनमा ८८ प्रतिशत मत ल्याएकोमा यस पटक भने त्योभन्दा पनि बढी मत ल्याएका छन् ।

सिरियामा अहिले पनि सुरक्षाको समस्या रहेकोले निश्चित क्षेत्रहरुमा मात्र मतदान भएको बताएको थियो । खासगरी सिरियाको राजधानी र सरकारको नियन्न्त्रणमा रहेका क्षेत्रहरुबोहकका क्षेत्रमा सुरक्षा व्यवस्था निकैकडा बनाइएको थियो ।

सिरियाका आन्तरिक मामिला सम्बन्धी मन्त्री मोहमद अल रहमाउनले सिरियामा बुधबार भएको मतदान शान्ति सुरक्षाको व्यवस्था मिलाइएका कारण शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिए । सिरियाका राष्ट्रपति बसार अल असदसहित यहाँका तीन जनाले राष्ट्रपति पदमा उम्मेदावारी दिएका थिए । सिरियामा केही वर्षअघि देखि नै राष्ट्रपति असदका विरुद्धमा आन्दोलन चर्किएको थियो ।

प्रतिक्रिया