खाद्य वस्तुकाे समस्या भए फोन गर्नुहाेस, घरमै आईपुग्छ

काठमाडौं । खाद्य र साल्ट ट्रेडिङले १४ गतेदेखि २० गतेसम्म जारी गरेको निषेधाज्ञाको अवधिमा उपभोक्ताका घर घरमा खाद्यवस्तु डेलिभरी गर्ने जनाएको छ । सो अवधिमा किराना पसल तथा डिपार्टमेन्ट स्टोर्स पनि बन्द गर्न प्रशासनले आदेश जारी गरे पछि उपभोक्तामा खाद्यवस्तुको अभाव हुन सक्ने भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले होम डेलिभरी गर्ने बताएका छन् ।

उपभोक्ताको अर्डरका आधारमा एक हप्ताभर मोबाइल गाडीबाट खाद्य वस्तुको डेलिभरी हुने भएको हो । साथै खाद्यन्न सम्बन्धी समस्या भएमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

 

प्रतिक्रिया