सिटिजन्स बैकसंग सिर्जना फाइनान्स गाभिने सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले सिर्जना फाइनान्सलाई प्राप्ति गर्न अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । बैंक सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र सिर्जना फाइनान्सका सुवास आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । आ–आफ्नो विशेष साधारणसभाबाट प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार सुरु गरिने छ ।

दुवै बैंकले गत माघ २८ मा प्राप्तिका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । जेठ ९ सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब १ खर्ब ३७ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिब १ खर्ब २१ अर्ब रुपैयाँ हुनेछ । प्राप्तिपछि बैंकको कुल शाखा १ सय ८९ हुने पनि विज्ञप्तिमा उल्ले छ ।

प्रतिक्रिया