बंगालीमा ‘उर्गेनको घोडा’

काठमाडौं । लेखक युग पाठकले २०६६ सालमा लेखेको उपन्यास ‘उर्गेनको घोडा’ बंगला भाषामा प्रकाशित हुने भएको छ । माओवादी सशस्त्र विद्रोह र त्यसको वरिपरी रहेर लेखिएको छ । शमिक चक्रवर्तीले यो उपन्यासलाई बंगला भाषामा अनुवाद गरेका हुन् । उनले कोरोनाका कारण लगाइएको गत वर्षको बन्दाबन्दीमा अनुवाद सुरु गरेर अहिले मात्रै अनुवाद सकिएको जनाएका छन् । चक्रवर्तीले पहिलो चरणको अनुवाद सकेर अन्तिम चरणको काम गरिरहेको बताए ।

यो उपन्यास यसै वर्षभित्र प्रकाशित गरिनेछ । उनले यसअघि इन्द्रबहादुर राईको ‘आज रमित छ’, छुदेन कामिवोको फात्सुगं पनि अनुवाद गरेका छन् । लेखक पाठकले नेपालको राजनीतिक र सामाजिक परिवर्तनका सन्दर्भमा लेखिएकोे यो पुस्तक विदेशी भाषामा प्रकाशित हुनु खुसीको विषय भएको बताए ।

प्रतिक्रिया