प्रतिनिधिसभा विघटनलाई सर्वोच्चले फेरि बदर गर्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपाए माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले फेरि बदर गर्नेमा आफू विश्वस्त भएको
बताएका छन् ।

अध्यक्ष दाहालले (आज) शनिबार नयाँ बानेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकपछि पत्रकारहरुसँगको कुराकानीमा सरकारको असंवैधानिक निर्णयलाई सर्वोच्च अदालतले बदर गर्नेमा आफू विश्वस्त भएको उल्लेख गरेका हुन् ।

साथै, उनले सर्वोच्चबाट पहिलेको जस्तै संसद विघटन सदर नहुने र संसद विघटन असंवैधानिक कदम भन्दै त्यसविरुद्ध आफूहरू अदालत जाने पनि जानकारी दिए ।

‘संसद विघटनको यो कदम असंवैधानिक मात्र होइन, निरंकुश, स्वेच्छाचारी र प्रतिगमनकारी छ, यो कदमविरुद्ध सर्वोच्च जान्छौँ, हिजो १४९ जनाले दाबी प्रस्तुत गरेका थियौं उहाँहरू सबैको हस्ताक्षरसहित सर्वोच्च जान्छौँ,’ अध्यक्ष दाहालले भने ।

अदालतले बहुमत सांसदहरुको हस्ताक्षरसहित रिट निवेदन लिएर गइसकेपछि पुनः संविधानको रक्षामा उनले विश्वास व्यक्त्त गरे । अदालतले फेरि एकपटक संविधानका पक्षमा फैसला गर्नेमा आफूहरु विश्वस्त रहेको भन्दै उनले यसअघि नै त्यो प्रमाणित भइसकेको बताए ।

प्रतिक्रिया