कोरोनामुक्त भइन् कंगना रनावत

एजेन्सि । बलिउड अभिनेत्री कंगना रनावत कोरोना भाइरसको संक्रमणबाट मुक्त भएकी छिन् । कंगनाले इन्स्टाग्राममा स्टोरीमा आफू संक्रमणमुक्त भएको बताउँदै कोरोना जित्ने अनेक तरिका सिकेको तर फलोवर्ससँग सेयर नगर्ने पनि उल्लेख गरेकी छिन् ।

उनले भनेकी छिन्, ‘ममा कोरोना नेगेटिभ देखिएको छ । मैले कोरोनालाई कसरी जित्ने बारेमा धेरै भन्न सक्छु । तर म कोभिड फ्यानलाई अपमान गर्न चाहन्न । मेरो शुभ चिताउने सबैलाई धन्यवाद र माया ।’

प्रतिक्रिया