सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । गत आइतबारदेखि निरन्तर उकालो लाग्न थालेको सुनचाँदीको मूल्यले आज मंगलबार पनि निरन्तरता पाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला अधिकतम ६०० रुपैयाँले वृद्धि भएर ९३ हजार ४०० रुपैयाँ कायम भएको छ । त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँ कामय भएको छ ।

यता चाँदीको मूल्य समेत मंगलबार उच्च वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी एकै दिन प्रतितोला ३५ रुपैयाँले वृद्धि भएर एक हजार ३९० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया