नेपाली युवा उद्यमी मञ्चद्धारा अक्सिजन सिलिण्डर प्रदान

काठमाडौ । नेपाली युवा उद्यमी मञ्च ( एन.वाइ.इ.एफ) ले वीर अस्पतालको ट्रमा सेन्टर र टिचिङ अस्पताललाई ४७ लिटर क्षमताको ४० वटा अक्सिजन सिलिण्डर उपलब्ध प्रदान गरेको छ । उक्त पहल २४ घण्टा भित्रनै सफल गराइएको थियो । साथै उक्त कार्य एन.वाइ.इ.एफ. राष्ट्रिय परिषद, काठमाण्डौं च्याप्टर र काठमाण्डौं एडभाइजरी लिडरसिप ग्रुपबाट भएको विज्ञप्तिमा उल्लेख छ ।

एन.वाइ.इ.एफ. एउटा गैर नाफामूखी संस्था हो । यसको स्थापना सन २००३ मा भएको हो । यस संस्थाको मूख्य उद्देश्य यूवा उद्यमीहरुबीच विचारको आदान प्रदान गर्नु र व्यवसाय सञ्चालनको लागि आवश्यक पर्ने ज्ञान, सिप, शिक्षा, साझेदारी तथा तालिम उपलब्ध गराउनु रहेको छ । हाल एन.वाइ.इ.एफ. को एपेक्स बडी सातै प्रदेशको प्रतिनिधित्व हुने गरी युवा उद्यमीहरुको सहभागिता रहेको छ र ६ सय भन्दा बढी सदस्य यसमा आवद्ध रहेको पनि उल्लेख छ ।

प्रतिक्रिया