मेटलाइफ फाउन्डेशनद्वारा ५० हजार डलर अनुदान

काठमाडौं । मेटलाइफ फाउन्डेशनले अमेरिका नेपाल मेडिकल फाउन्डेशन (ए.एन.एम.एफ.) लाई नेपालमा बिग्रँदो कोभिड–१९ को संकटबाट प्रभावित असाह्य व्यक्तिहरुका लागि आवश्यक चिकित्सा सेवा प्रदान गर्न ५० हजार अमेरिकी डलर अनुदान दिने भएको छ । ए.एन.एम.एफ. सन् १९९७ देखि देशमा विशिष्ट स्वास्थ्य सेवालाई टेवा पु¥याउने दृष्टिकोणका साथ नेपाली चिकित्सकद्वारा स्थापना गरिएको एक गैर–नाफामूलक संस्था हो ।

मेटलाइफ फाउन्डेशनको सो अनुदानले ए.एन.एम.एफ. लाई देशका विभिन्न स्थानमा संचालित आइसोलेशन केन्द्र तथा अस्पतालमा उच्च बहावको अक्सिजन उपकरण तथा कन्सन्ट्रेटर लगायत अन्य आवश्यक स्वास्थ्य चिकित्सा आपूर्ति गर्न सहज हुनेछ । उच्च संख्यामा बढिरहेका गम्भिर अवस्थाका बिरामीका कारण हाल देशको चिकित्सा प्रणालीमा दबाब परिरहेको हुँदा यस्तो समयमा यो अनुदानले ए.एन.एम.एफ. लाई स्वास्थ्य सेवा पूर्वाधारमा पर्ने भार न्यूनिकरण गर्न थप सक्षम बनाउन मद्दत गर्ने पनि विज्ञप्तिमा उल्लेख छ । मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले आवश्यकताको यस घडिमा विश्वब्यापी महामारीबाट प्रभावित मानिसहरुको स्वास्थ्य र जनहितकालागि हर सम्भव प्रयासहरु गरिरहेको र सबै मिलेर यस जटिल परिस्थितिलाई बदल्न सक्ने बताएका छन ।

प्रतिक्रिया