गाउँका संक्रमितलाई यूवा दस्ताले घरघरमै हेरचाह गर्दै

काभ्रे । जिल्लाको विभिन्न गाउँपालिकाहरु चौरी देऊराली, तेमाल, भुम्लु र विकट गाउँपालिकाको रुपमा खानिखोला गाउँपालिका र महाभारत गाउँपालिकाका कोरोना संक्रमितका विरामीहरुलाई स्थानिय प्रशासनले वेवास्था गरेको गुनासो गर्न थालेका छन् । उनीहरुले पिसिआरको लागि स्वाब संकलन गराएपछि ‘तिमीलाई कोरोना देखिएको छ’ भन्ने सूचना बाहेक अरु कुनै सेवा नदिएको बताएका छन् ।

उनीहरुले घरमा नै घरेलू उपचारहरु अपनाइरहेको समेत बताएका छन् । कतिपय गाउँका विरामीहरुले भने गुर्जा, बेसारपानी तथा अन्य जडीबुटी प्रयोग गरिरहेको बताएका छन् । यस्तै भौगोलिक दृष्टिले डाँडैडाँडा भएकोले विकासका सामान्य पूर्वाधारहरु समेत भर्खरै पुग्दै गरेको दुई गाउँपालिकाहरु मशाभारत र खानीखोलामा केही दिन अघि देखि मात्रै कोरोना संक्रमितहरुको संख्या बढेको थियो ।

ती गाउँपालिकाहरुका विरामीलाई त्यहाँको स्थानिय सरकारले के गरिरहेको होला ? त्यो प्रश्नको विषय हो तर त्यस स्थित संक्रमित विरामीहरुले भने आफूहरुले सामान्य सिटामोल समेत नपाएको र आफूहरुलाई कुनै पनि किसिमको उत्प्रेरक हौसलासमेत कसैले प्रदान नगरेको गुनासो गरेका छन् । उनीहरुको त्यस्तो गुनासो आउन थालेपछि केही ठाउँमा त्यहाँकै यूवाहरुले सामुहिक रुपमा विरामीहरुको हेरविचार गर्न थालेका छन् । खानीखोला ७ नम्बर वडाका स्थानिय यूवाहरुले विरामीहरुको गुनासोकै आधारमा आफै माक्स र औषधी लिएर घरघरमा पुगेका छन् ।

खानीखोला गाउँपालिकाको वडा नम्बर ७ मा केही दिन पहिले मात्रै दोस्रो लहर माहामारीमा १७ जनामा पिसिआर परिक्षण गर्दा १६ जनामा कोरोना पुष्टि भएपछि त्यहाँको पुष्टि भएका बिरामीहरुलाई गाउँपालिकाले एउटा पनि माक्स वितरण नगरेको र संक्रमित बिरामीहरुलाई बेवास्ता गरेको भन्दै जेठ २ गते यूवाहरु चन्द्र स्याङतानको नेतृत्वमा टोली घरघर पुगेको हो ।

‘सेवा नै धर्म हो टोल छरछिमेक गाउँ समाज सुरक्षित रहे तपाईं हामी पनि सुरक्षित रहन्छ भन्ने’ आभियानका साथ सानुबाबु गोले र जीवन स्याङतानले माक्स १ हजार २ सय ५० वटा माक्स , १५ वटा सेनिटाइजर ,सुरक्षित पञ्जा ४० थान, जोर ,थर्ममिटर ४ वटा फेससिल ३ थान, जीवनजल ५५ प्याकेट ,सिटामोल६० प्याकेट ,रुघाखोकी को औषधी ५० प्याकेट पखाला को औषधि ४० प्याकेट वितरण गर्दै रोगबाट बाच्ने उपाय सल्ला सुझाव परमर्श समेत दिएका छन् ।

उनीहरुले सोही वडाको धाप्ले, सौरेडाँडा , सानोधाप्ले लगायत को ठाउँका २९ घरधुरीमा पुगि सो औषधि उपचार सामग्री वितरण गरी परामर्ससमेत दिएका छन् । उनीहरुको यस्तो कर्मबाट विरामीहरुले आफूहरुको मनोबल बढेको बताएका छन् । उनीहरुले घरघरमा नै आएर यो किसिमको हौसला प्रदान गर्दा आफूहरु छिट्टै निको हुनेमा आश्वस्त भएको बताएका छन् ।

आठ दिनका लागि बनेपा बजार पूरै शिल

यस्तै जिल्लामा सबैभन्दा धेरै संक्रमितहरु भएको भन्दै बनेपा नगरपालिकाले ८ दिनका लागि पुरै बजार क्षेत्र पूर्णरुपमा शिल गरि संक्रमितहरुको न्युनिकरण र सेवालाई थप प्रभावकारी बनाउने बताएको छ ।

जेठ ४ गते राती १२ बजेबाट बनेपा क्षेत्र शिल लागू हुने छ भने जेठ १२ गते राति १२ बजेसम्म शिल जारी रहने बताइएको छ नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै सर्वाधिक संक्रमित रहेको कोभिड १९ को बढ्दो स्वरुपलाई परिवर्तन गर्न पूर्णरुपमा शिल्ड गरिएको बनेपा नगरपालिकाका नगरप्रमूख लक्ष्मी नरसिहं बादेले हस्ताक्षर गरेको सूचनामा उललेख छ ।

सूचनामा शिलको समयमा औषधि पसल र उपचार अस्पताल बाहेक खाद्यान्न पसल, तरकारी तथा फलफुल पसल, दुग्धजन्य पसल र अन्य सम्पूर्ण व्यवसाय पूर्णरुपमा बन्द रहने, बैंक तथा वित्तीय सस्थाहरु पनि पूर्णरुपमा बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।

सूचनामा फोहरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट, बिद्युतको सेवा दिने कार्यालय र संस्थाले न्युनतम कर्मचारी मार्फत स्वास्थ्यका आधारभूत मापदण्ड पुरा गरेर सेवा प्रवाह गर्न प्रबन्ध मिलाउन समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया