एनआईसी एशिया सेलेक्ट–३० इन्डेक्स फण्ड बोर्डबाट स्वीकृत

काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने एनआईसी एशिया सेलेक्ट –३० (इन्डेक्स फण्ड) नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएको छ । प्रति इकाई मूल्य रु. १० दरको १० करोड इकाई मध्ये बीज पूँजी वापत न्यूनतम १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक एनआईसी एशिया बैंक लिमिटेडलाई सुरक्षित राखी बाँकी न्युनतम ८ करोड ५० लाख इकाई निकट भविष्यमा नै सार्वजनिक रुपमा बिक्री गरिने योजना व्यवस्थापक एनआइसी एसिया क्यापिटलले जनाएको छ ।

७ वर्ष अवधिको उक्त बन्दमुखी योजनामा संकलन हुने पूँजीलाई धितोपत्रको दोश्रो बजारका सूचिकृत कम्पनीमा लगानी गर्ने कम्पनीले जनाएको छ । सूचिकृत कम्पनीबाट राम्रा मानिएका कम्पनी मध्ये ३० वटा कम्पनी छनोट गरेर उक्त फण्डको अधिकांश हिस्सा दोस्रो बजारमा लगानी गरिने कम्पनीले जनाएको छ । दोस्रो बजारमा कारोबार हुने सम्पूर्ण समूहको कम्पनीबाट छानेर ३० ओटामा लगानी गर्दा समग्र स्टक एक्सचेञ्जमा कायम गरेको सम्पूर्ण समूह उप–समूहको प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ ।

हाल एन आई सी एशिया क्यापिटलले दुई वटा बन्दमुखी योजना तथा एउटा खुलामुखी योजना संचालन गरिहेको छ । साथै क्यापिटलले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पाँचौं योजना एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड नामक योजना स्वीकृतीको लागि नेपाल धितोपत्र बोर्डमा दर्ता गराइसकेको जाएको छ । धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीलाई स्माल क्याप, मिड क्याप र लार्ज क्याप गरी तीन वर्गमा विभाजन गरी उक्त वर्गबाट उत्कृष्ट मानिएका कम्पनी छनोट गरी लगानी गर्ने कम्पनी जनाएको छ ।

प्रतिक्रिया