आज थपिए ७ हजार ३६८ जना संक्रमित, निको हुने संख्या ६ हजार ६४८

काठमाडौं । आज देशभर ७ हजार ३६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ७ हजार ३६८ जना संक्रमित थपिएको जनाएको हो ।

पीसीआर विधिबाठ ७ हजार ३१६ र एन्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर जानकारी दिए ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ६ हजार ६४८ जना संक्रमणमुक्त भएको पनि जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा १४५ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

प्रतिक्रिया