कालिकोटमा थप एक संक्रमित पुरुषको मृत्यु

कालिकोट । कोरोना भाइरसको दोस्रो लहरसँगै कालिकोटमा संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । कोरोना भाइरसका कारण कालिकोटमा थप एक जनाको गएराति मुत्यु भएको छ ।

जिल्लाको रास्कोट नगरपालिका– ५ का ८३ वर्षिय एकजना पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका निमित्त स्वास्थ्य व्यवस्थापक कटक बहादुर महतले जानकारी दिए ।

रास्कोट नगरपालिकाको आइशोलेसनमा ९ दिन बसेर अप्ठ्यारो अवस्था सृजना हुँदा कोभिड अस्पताल मान्ममा भर्ना थिए । भर्ना भएका ८३ वर्षिय पुरुषको गए राति मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा थप ४० जना संक्रमित थपिएका छन् । योसँगै हालसम्म कालिकोटमा ७ सय ३४ जना संक्रमित छन् । जसमध्ये ४ सय ४७ जना निको भएर घर गइसकेका छन् । हालसम्म कालिकोटमा कोरोनाका कारण २ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जनाएको छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया