राष्ट्रिय फुटबल टोलीका खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकले मे २९ मा हुने इराकविरुद्धको मैत्रीपूर्ण खेल र विश्वकप तथा एसियन कपको छनोटका लागि बन्द प्रशिक्षणमा बोलाएका सबै खेलाडीले ट्रेनिङ सुरु गरेका छन् । यसअघि नै स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गरेर आगामी खेलका लागि बन्द प्रशिक्षण सुरु भइसकेको छ । तर, हिजो मात्र सम्पन्न भएको नेपाल सुपर लिगमा सहभागी भएका खेलाडीहरू भने आइतबारदेखि ट्रेनिङमा सहभागी भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ ।

नेपालले २९ मेमा इराकसँग मैत्रीपूर्ण खेल र संयुक्त छनोट अन्तर्गत जुन ३ मा चाइनिज ताइपेइसँग, जोर्डनविरुद्ध जुन ७ मा र अस्ट्रेलियाविरुद्ध जुन ११ मा कुवेतमा खेल्ने छ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले ३२ जनाको प्रारम्भिक टोलीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।

बन्द प्रशिक्षणमा बोलाइएका ३२ खेलाडी: किरण कुमार लिम्बु, दीप कार्की, विशाल सुनार, अभिषेक रिजाल, अन्जन विष्ट, एरिक विष्ट, भरत खवास, दर्शन गुरुङ, विशाल राई, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, कमल थापा, रोहित चन्द, नितिन थापा, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, सुमन लामा, सुनिल बल, सुजर जेउ ठकुरी, निशान खड्का, पुजन उपरकोटी, अमित तामाङ, सुमन अर्याल, आशिष लामा, आयुष घलान, विवेक बस्नेत, विकाश खवास, रवि पासवान, रजिन धिमाल, अनन्त तामाङ ।

प्रतिक्रिया