फुलाराको नयाँ गीत

काठमाडौं । साहित्यकार एवं गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘म मरे भनेत यो सहरको डेरामा’ सार्वजनिक भएको छ । गायक बाबुल गिरीको स्वर, संगीत र संगीत संयोजन रहेको गीतको भिडियोलाई गीतकार फुलाराको युट्युब च्यानल फुलारा इन्टरटेनमेन्ट नेटवर्कमार्फत सार्वजनिक गरिएको छ । फुलारा लिट्रेचर फाउण्डेसन नेपाल र द ल अफिसेस अफ बाशु डि फुलारा पिसिको संयुक्त सहकार्यमा निर्माण गरिएको उक्त गीतको पोस्ट प्रोडक्सन ‘बि स्क्वायर मिडिया र रेकर्डिङ द पिक स्टुडियोमा भएको थियो । संगीत सागर मगरद्वारा निर्देशित उक्त भिडियोमा संवाद लेखन जनकराज खकुरेलको रहेको छ । त्यसैगरी ध्वनि मिश्रण दिनेश राजवाहक, छायांकन तथा सम्पादन विश्वास भण्डारी, मेकअप कृतिका श्रेष्ठको रहेको छ ।

‘अहिलेको विषम परिस्थिति र विश्वभरी आक्रान्त भइ फैलिएको कोभिड–१९ को महामारीको चपेटामा परी कष्टकर जीवन बिताइरहेका आमनागरिक तथा मुलुक वा मुलुकबाहिर सपनाको संसार सजाउन हिँडेका युवापिँढी जो सहरका डेरामा बसी क्रुरता जीवन भोगिरहेका छन् । त्यस्तो जनजीवनलाई लक्षित गरी गीतमार्फत उजागर गरेको छु,’ गीतकार फुलाराले भने । गीतकार फुलाराका यसअघि आमामा समर्पित गीत ‘जुनसरी बिलाई गयौ, कोरोना कहर विशेष ‘कस्तो भाइरस आयो’ लगायतका गीत सार्वजनिक भएका छन् । साहित्यिक फाँटमा उनका ‘नफापेको मान्छे’ (उपन्यास), ‘टुहुरो कुण्डली’ (उपन्यास) अंग्रेजी र नेपाली संस्करण, नेपाली भाषा र साहित्यको इतिहास ‘त्यहाँदेखि यहाँसम्म’ पाठकमाझ आइसकेका छन् ।

प्रतिक्रिया