कोरोना संक्रमणबाट बरिष्ठ उपसम्पादक कार्कीको निधन

काठमाडौं । कोरोना संक्रमणबाट सौर्य दैनिकका बरिष्ठ उप–सम्पादक शान्तिराम कार्कीको निधन भएको छ । दुई सातादेखि काठमाडौंको स्वयम्भुस्थित मनमोहन मेमेरियल अस्पतालमा उपचाररत सम्पादक कार्कीको शनिवार राती निधन भएको हो । बिगत डेढ दशकेखि पत्रकारितामा सक्रिय कार्की पाँच बर्षयता सौर्य दैनिकमा कार्यरत थिए । प्रेस चौतारी नेपालका केन्द्रीय कमिटी सदस्य रहेका कार्की नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष हुन ।

सहयोगी, मिलनसार स्वभावका कार्की २०४४ साल मंसिरमा झापाको डोरामारीमा जन्मिका हुन । च्यानलनेपाल टेलिभिजनमा लामो समय समाचार प्रमुख भएर काम गरेका कार्की जनताटाइम्स डटकमको सम्पादकको जिम्मेवारीमा पनि थिए । बरिष्ठ उपसम्पादक कार्कीप्रति सौर्य दैनिक परिवार भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

प्रतिक्रिया