सूर्य नेपालद्वारा ६५ लाखको स्वास्थ्य सामग्री प्रदान

काठमाडौं । सूर्य नेपाल प्रालिले काठमाडांैका तीनवटा सरकारी अस्पताललाई विभिन्न प्रकारका स्वास्थ्य सामग्री प्रदान गरेको छ । कम्पनीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पतालस्थित राष्ट्रिय ट्रमा सेन्टर र निजामती कर्मचारी अस्पताललाई ल्याटेक्स पन्जा, सर्जिकल मास्क, अनुहार ढाक्ने फेस सिल्ड, व्यक्तिगत सुरक्षा उपकरण र अक्सिमिटर प्रदान गरेको हो । यी स्वास्थ्य सामग्री सम्बन्धित अस्पतालका कार्यकारी निर्देशकलाई हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य सामग्री हस्तान्तरण र वितरणको कार्यलाई ती अस्पतालमा कार्यरत चिकित्सकको प्रतिनिधित्वसहित काठमाडांैस्थित एउटा गैरनाफामूलक संस्थाले सहजीकरण गरेको थियो । विद्यमान कोभिड–१९ महामारीको दोस्रो लहरले मुलुकको स्वास्थ्य प्रणालीमा पारेको उल्लेख्य दबाब विचार गरी यस प्रकारको अभूतपूर्व संकटको घडीमा कम्पनीले अन्य विभिन्न क्रियाकलापसमेत सञ्चालन गर्ने योजना रहेको छ ।
वर्षको सुरुवातमा नै कम्पनीले ७ करोड रकम सातवटै प्रदेशमा स्थापनमा गरिएको कोभिड–१९ उपचार तथा नियन्त्रण कोषमा योगदान गरेको थियो ।

प्रतिक्रिया