आइसोलेसनलाई अक्सिजन सिलिण्डर सहयोग

काठमाडौं । समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग गरेका छन । मुलुकमा अक्सिजन अभाव भइरहेको समयमा चन्द्रागिरि नगरपालिका वडा नं ८ को आइसोलेसनका लागि उक्त सिलिण्डर कार्कीले सहयोग गरेका हुन।

चन्द्रागिरिमा आजदेखि सञ्चालनमा आउने मातातीर्थ अस्पतालका लागि कार्कीले संकलन गरेको १८ थान अक्सिजन सिलिण्डर प्रदान गरेको चन्द्रागिरि–८ का वडा अध्यक्ष सन्तोष खड्काले जानकारी दिए । कार्कीले सो आइसोलेसनको लागि आवश्यक सहयोग गर्दै जाने उल्लेख गरे । ‘मैले व्यक्तिगत खर्चबाट कोरोना सङ्क्रमितको लागि अक्सिमिटर दिन लागेको छु’, उनले भने ।

प्रतिक्रिया