विश्व

भारतमा एकैदिन तीन लाख २६ हजार १२३ जनामा काेराेना संक्रमण

सौर्य अनलाइन २०७८ जेठ १ गते ७:५७ मा प्रकाशित

काठमाडौं । भारतमा पछिल्लो केही दिनदेखि कोरोना संक्रमितको संख्या घट्दो क्रममा छ । वल्डोमिटर्सको तथ्याङक अनुसार भारतमा एकैदिन तीन लाख २६ हजार १२३ जनामा संक्रमण देखिएको छ । यसरी भारतमा कुल संक्रमितको संख्या दुई करोड ४३ लाख ७२ हजार २४३ पुगेको छ ।

त्यस्तै कोरोना भाइरस संक्रमणबाट भारतमा एकैदिन ३८ सय ७९ जनाको मृत्यु भएको छ । यसरी भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ६६ हजार २२९ पुगेको छ । त्यस्तै भारतमा दुई करोड द्धद्द लाख ट हजार ३२३ जना संक्रमण मुक्त भएका छन् भने तीन लाख ६७ हजार ६९१ जना उपचाररत छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय