आजको मौसम : पहाडी भूभागमा मौसम बदली, केही स्थानमा पानी पर्ने

काठमाडौं । आज देशको पहाडी भू–भागमा मौसम बदली रही केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको लमौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण–पूर्व भू–भाग नजिक रहेको न्यून चापीय प्रणालीको प्रभाव छ।

जसका कारण शनिबार बिहान पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। यस्तै, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ। बाँकी भु–भागहरूमा आंशिक बदली रहनेछ। पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

शनिबार राति प्रदेश १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागहरुमा आंशिक बदली रहेने छ। प्रदेश १ का पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया