रियल म्याड्रिडको सानदार जित

मड्रिड । उपाधि होडमा रहेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित दर्ता गरेको छ । रियल ग्रानडामाथि उसकै मैदानमा ४–१ को सानदार जित दर्ता गर्दै उपाधि होडमा एट्लेटिको म्याड्रिडमाथि दवाव बढाएको हो । ग्रानडामा बिहीबार राति भएको खेलमा रियलको जितमा लुका मोड्रिच, रोड्रिगो गोएस, अल्भारो ओड्रिओजोला र करिम बेन्जेमा ले समान एक गोल गरे । घरेलु टोलीका जर्ग मोलिनाले एक गोल फर्काए । खेलको १४औं मिनेटमा रोड्रिगो गोएसको क्रसमा करिम बेन्जेमाको हेडरलाई गोलरक्षक रुई सिल्भाले मुस्किलले बचाउँदा रियल अग्रता लिनबाट चुकेको थियो ।

१७औं मिनेटमा मिगुइल गुइटेरेजको पासमा लुका मोड्रिचले उत्कृष्ट गोल गर्दै रियललाई १–० ले अघि बढाए । २३औं मिनेटमा डिमिट्रि फाउलक्वेएरले बराबरीको सुवर्ण अवसर खेर फाल्यो । २७औं मिनेटा फेडे भाल्भेर्डेको पासमा मार्भिन पार्कको प्रहार दोस्रो बारबाट थोरै बाहिरिदा रियल अग्रता दोब्बर पार्नबाट चुक्यो । ४५औं मिनेटमा करिम बेन्जेमाले छाडेको बललाई रोड्रिगोले गरेको प्रहारलाई गोलरक्षक रुई सिल्भाले बचाए । लगत्तै इन्ज्युरी समयको थप गरिएको पहिलो मिटेनमा मार्भिन पार्कले यान ब्रिस इटिकीलाई ट्याकल गर्दै खोसेको बललाई गोल गर्दै रियललाई पहिलो हाफमा २–० ले अघि बढाए । ५८औं मिनेटमा भिनिसियस जुनियरको प्रहारलाई गोलरक्षक रुइ सिल्भाले विफल पारे ।

६७औं मिनेटमा अल्बर्टाे सोरोको पासमा लुइस सुआरेजले सुवर्ण अवसर पाएपनि उनको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा ग्रानडाले गोल अन्तर कम गर्न सकेन । ७१औं मिनेटमा जर्ग मोलिनाले गोल गर्दै ग्रानडालाई खेलमा २–१ को अवस्थामा ल्याए । लुइस सुआरेजको प्रहारलाई रियलका गोलरक्षक थिवाउट कोर्टुवाले पञ्च गर्दै बचाएपनि रिवाउन्डमा अनमार्क रहेका मोलिनाले सहजै गोल गर्दै ग्रानडालाई खेलमा फर्काएका थिए ।
तर त्यसको चार मिनेटपछि अल्भारो ओड्रिओजोलाले उत्कृष्ट गोल गर्दै रियललाई खेलमा ३–१ ले अघि बढाए । ६२औं मिनेटमा भिनिसियस जुनियरको स्थानमा मैदान छिरेका इडेन हाजार्डको क्रसलाई जर्मन साञ्चेजले क्लियर गर्नुअघि नै ओड्रिओजोलाले उत्कृष्ट टच गर्दै सुन्दर फिनिस गरेका थिए । लगत्तै करिम बेन्जेमाले खाली पोस्टमा गोल गर्दै रियललाई ४–१ ले अघि बढाए ।

क्यासमिरोले फालेको लामो बलमा पेनाल्टी बक्सबाहिर गोलरक्षक रुई सिल्भा र डिफेन्डरबीच तालमेल नमिलेको अवस्थामा गोलरक्षक सिल्भालाई बिट गर्दै पेनाल्टी बक्सबाहिरबाट गोल गर्न सफल भएका थिए । ८५औं मिनेटमा सोरोको पासमा मोलिना हुदै क्वीनाले गरेको प्रहारलाई कोर्टुवाले बचाउँदै रियलको संकट टारे । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा इस्कोबाट बल खोस्दै सुआरेजले गरेको प्रहारलाई कोर्टुवाले अर्काे बचाउ गर्दै ग्रानडाको अर्काे गोल टारे । जितपछि रियलले शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँगको अंक दुरी २ मा छोट्याएको छ । रियलको ३६ खेलबाट ७८ अंक पुगेको शीर्षस्थानको एट्लेटिकोको ८० अंक छ । तेस्रो स्थानमा रहेको क्याटलान क्लब बार्सिलोनाको ७६ अंक छ । पराजित ग्रानडा ४५ अंक जोडेर १०औं स्थानमा रहेको छ ।

प्रतिक्रिया