अक्सिजनको अभावले दुई संक्रमितलाई अन्य जिल्ला रिफर गरियो

कालिकोट । कोरोना संक्रमतिका विरामी दिन प्रतिदिन बढ्दै गएपछि कालिकोटमा अक्सिजनको अभाव भएको छ । शुक्रबार नरहरीनाथ गाउँपालिका– ९ का एक पुरुषलाई प्रदेश अस्पताल सुर्खेत र तिलागुफा नगरपालिका– ६ की एक महिलालाई जुम्ला रिफर गरिएको छ ।

कालिकोटमा अक्सिनको सिलिन्डर अभाव हुँदा बिरामीहरुलाई सुर्खेत र जुम्ला रिफर गर्नुपरेको डाक्टर विज्ञान प्रजापतीले जानकारी दिए । कालिकोटको जिल्लाको एक मात्र कोभिड १९ अस्पतालमा जटिल अवस्थामा रहेका कोरोना भाइरसका विरामीहरु भर्ना भएका छन् ।

सामान्य अवस्था देखिएका बिरामीहरुलाई घरमै होम आइशोलेसन गरी उपचार गर्न जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जानकारी दिएको छ । केही जटिल लक्षण र समस्या देखा परेमा तत्काल कोभिड अस्पतालमा भर्ना हुन र उपचारमा कुनै कमी नगर्ने जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका निमित्त स्वास्थ्य ब्यवस्थापक कटक बहादुर महतले बताए ।

कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि कालिकोटमा ६ सय ९४ जनामा संक्रमण देखिएको छ । जस मध्ये ४ सय ३५ जनालाई निको भएर घर गएका छन् । कोरोनाका कारण कालिकोटमा १ जनाको मुत्यु भएको छ ।

अक्सिजनका लागि सिलिन्डर नेपालगञ्जमा शुक्रबार भरिने कालिकोट दुई–तीन दिनमा पुग्ने बताइएको छ । हाल कालिकोटमा अक्सिजनको सिलिन्डर अभाव भएको छ । बिरामीहरु भने दिन प्रतिदिन गम्भिर अवस्थामा पुग्नुका साथै संक्रमितको संख्या दोब्बर बढिरहेको छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया