सिइडिबी हाइड्रोको आइपिओ बाँडफाँट (हेर्नुहोस नतिजा)

काठमाडौं । सिइडिबी हाइड्रोपावरको प्राथमिक सेयर (आइपिओ) बाँडफाँट भएको छ । बिक्री प्रवन्धक सनराइज क्यापिटलले आइपिओ बाँडफाँट गरेको हो। सो आइपिओ २ लाख ३४ हजार १९५ जना आवेदकले पाएका छन्। तीमध्येबाटै ४ जनाले ११ कित्ताका दरले पाएका छन् भने अरुले १० कित्ताका दरले पाएका छन्।

बाँकी १४ लाख ५१ हजार ४३२ आवेदकको हात रित्तो भएको छ। ४ हजार ४४२ वटा आवेदन रद्द भएको छ। आवेदकले नतिजा आइपिओरिजल्ट डट् सिडिएससी डट कम डट एनपीबाट हेर्न सक्नेछन्। शुक्रबार साँझबाट मात्रै नतिजा हेर्न सकिने बिक्री प्रवन्धक सनराइज क्यापिटलले जनाएको छ। कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ छ भने प्रतिसेयर खुद सम्पत्ति १३८ रुपैयाँ ७९ पैसा छ। कम्पनीले यस आइपिओबाट प्राप्त गर्ने रकम ५ मेगावाट क्षमताको रुकुम गाड जलविद्युत आयोजनामा लगाउनेछ।

प्रतिक्रिया