दक्षिणमा काम खोज्दै रिया

मुम्बई । बलिउड अभिनेत्री रिया चक्रवर्ती बलिउडमा काम नपाउने अवस्था देखिएपछि दक्षिण भारतीय चलचित्रमा कामको खोजीमा छन् । बलिउडमा अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि उनी विवादमा तानिइन् । सुशान्तको निधनमा रियाको हात रहेका खबर सार्वजनिक भएपछि उनलाई बलिउडमा अवसरबाट बञ्चित गरिएको छ । यो विषयमा लागुऔषधको मुद्दा पनि जोडिएपछि रिया केही समय जेलमा बसिन् । यसै विषयलाई लिएर बलिउड चलचित्र निर्माताले उनलाई काममा लगाउन गाह्रो मानिरहेका छन् ।

यहीबीचमा अभिनेत्री रियाले काम गरेको चलचित्र ‘चेहरे’ को पोस्टरमा समेत उनको तस्बिर राखिएन । यसबाट उनी निराश बनेकी छन् । बलिउडमा काम नपाउने अवस्था आएपछि उनी दक्षिण भारतीय चलचित्रमा काम खोजिरहेकी छन् । त्यसैकारण अहिले उनी हैदरावादमा छन् । रिया हैदरावादमा रहनुको कारण दक्षिण भारतीय चलचित्रमा काम खोज्नका लागि भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । रिया भने सामान्य जीवनमा फर्किन चाहिरहेकी छन् । उनले बारम्बार पापाराजीलाई आफ्नो पिछा नगर्न आग्रह गर्दै आएकी छन् तैपनि सुशान्तका फ्यानले रियाको ट्रोल बनाइरहेका छन् । यसैलाई कारण बनाएर बलिउडमा उनलाई लिएर चलचित्र बनाउँदा जोखिम हुने ठम्याइ धेरै निर्माताको रहेको छ ।

प्रतिक्रिया