टेलिकमको नाफा घट्यो

काठमाडौ । नेपाल टेलिकमको त्रैमाासिक खुद नाफा बढे पनि वर्षगत तुलनामा भने घटेको छ । टेलिकमले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालू आर्थिक वर्षको तृतीय त्रैमासिक अवधिमा टेलिकमको नाफा ८२ करोड ३४ लाख ५२ हजार ३ सय ७० रुपैयाँले वृद्धि भई २ अर्ब ५९ करोड ५० लाख ७७ हजार ४ सय ४९ रुपैयाँ पुगेको हो ।

चालू आवकै पहिलो त्रैमासिकमा टेलिकमको खुद मुनाफा १ अर्ब ५१ करोड ७७ लाख ६९ हजार ३ सय ८१ रुपैयाँ र दोस्रो त्रैमासिकमा १ अर्ब ७७ करोड १६ लाख २५ हजार ७९ रुपैयाँ रहेको थियो । कम्पनीको गत आवको तृतीय त्रैमासिकसम्मको खुद नाफा भने ७ अर्ब ५६ करोड ५५ लाख १५ हजार ३ सय ८० रहेकोमा चालू आवको सोही अवधिमा खुद मुनाफा ५ अर्ब ८८ करोड ४४ लाख ७१ हजार नौ सय नौ रुपैयाँ मात्रै रहेको छ ।

यस्तै, चालू आवको प्रथम र द्वितीय त्रैमासिकमा कुल सेवा वापतको आय क्रमशः ८ अर्ब ६३ करोड ५३ लाख ४० हजार ४१ र ९ अर्ब ८ करोड ९५ लाख ७३ हजार ४ सय ६२ रुपैयाँ रहेकोमा चालू आवको तृतीय त्रैमासिक अवधिमा कुल सेवाबापतको आय द्वितीय त्रैमासिकको भन्दा ६३ करोड ६८ लाख ६५ हजार ९ सय ९७ रुपैयाँ अर्थात् ७ प्रतिशतले वृद्धि भई ९ अर्ब ७२ करोड ६४ लाख ३९ हजार ४ सय ५९ रुपैयाँ रहेको टेलिकमले जनाएको छ।

गत आवको तृतीय त्रैमासिकसम्मको कुल सेवाबापतको आय २६ अर्ब ८३ करोड ६६ लाख ४५ हजार २ सय ७२ रहेकोमा चालू आवको सोही अवधिमा कुल सेवाबापतको आयमा २.२९ प्रतिशतले वृद्धि भई २७ अर्ब ४५ करोड १३ लाख ५२ हजार ९ सय ६१ रुपैयाँ रहेको छ । गत आवको तृतीय त्रैमासिक अवधिमा टेलिकमको कुल सेवा बापतको आय ८ अर्ब ७९ करोड ७० लाख ६९ हजार १ सय ८३ रुपैयाँ रहेकोमा चालु आवको तृतीय त्रैमासिक अवधिमा कुल सेवाबापतको आय ९२ करोड ९३ लाख ७० हजार २ सय ७६ ले वृद्धि भई ९ अर्ब ७२ करोड ६४ लाख ३९ हजार ४ सय ५९ रुपैयाँ रहेको पनि जनाएको छ ।

प्रतिक्रिया