‘आजीवन’ सार्वजनिक

काठमाडौं । गायक कुशल बेल्वासे र विपना अधिकारीको स्वर रहेको ‘आजीवन’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ । प्रेमीप्रेमिका बीचको प्रेमलाई रोमान्टिक शैलीमा तयार पारिएको यस गीतको रचना ईश्वर अर्यालले गरेका हुन् । प्रियाकुमारले संगीत भरेको गीतमा सुधीर श्रेष्ठ र अञ्जली अधिकारीको रोमान्सलाई देखाइएको छ । कोरस नृत्यसमेत प्रयोग गरेर तयार पारिएको भिडियोको निर्देशन तथा कोरियोग्राफी मौसम हिमालले रहेको छ । दुर्गा पौडेलको छायांकन रहेको गीतको भिडियो सम्पदान राजकुमार मगरले गरेका छन् ।

प्रतिक्रिया