पल र उषाको रोमान्स

काठमाडौं । गायक प्रताप दास र गायिका बेनिशा पौडेलको सुमधुर आवाज रहेको गीत ‘यस्तो माया’ ले छोटो समयमा चर्चा बटुल्न सफल भएको छ । गीतकार निशा शर्मा अर्यालको शब्द रचना रहेको गीतमा संगीतकार दीपक शर्माले संगीत भरेका छन् । विधान कार्कीले निर्देशन गरेको भिडियोमा अभिनेता पल शाह र मोडल उषा उप्रेतीको रोमान्सलाई देखाइएको छ । यी दुईले प्रेम र जीवनको यथार्थतालाई कलात्मक रुपमा देखाउने कोशिस गरेका छन् ।

सार्वजनिक गीतको भिडियोको छायांकन उत्सव दाहाल तथा सम्पादन विकास दाहालले गरेका छन् । नन्दा अधिकारीको मेकअप रहेको यो गीतले छोटो समयमै सफलता पाउन सफल भएको गीतकार निशा शर्माले बताइन् । उनले गीत सार्वजनिक भएको छोटो समयमा नै गीतलाई युट्युबमा २० लाखभन्दा धेरै पटक हेरिएको सुनाउँदै अर्को नयाँ गीत छिट्टै ल्याउने तयारीमा रहेको जानकारी दिइन् । उनले यतिबेला नयाँ गीत ‘जे भयो ठिकै भयो’ ल्याउने तयारीमा छन् । जसमा गायक रामकृष्ण ढकालको आवाज तथा दीपक शर्माको संगीत रहेको छ ।

प्रतिक्रिया