२ सय वित्तीय संस्था मर्जरमा

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा २ सय १६ बैंक तथा वित्तीय संस्था मर्जर तथा एक्विजिसनमा सामेल भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात २०७७ चैत मसान्तसम्म कुल २ सय १६ बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका हुन ।

यसमध्ये १ सय ६४ संस्थाको इजाजत खारेज हुन गई ५२ संस्था कायम भएका छन । त्यस्तै कुल ७ सय ५३ स्थानीय तह मध्ये २०७७ चैतसम्म ७ सय ५० तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । २०७६ चैतसम्म ७ सय ४६ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए । राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७७ चैत मसान्तमा १ सय ४० रहेका छन ।

यस मध्ये २७ वाणिज्य बैंक, १८ विकास बैंक, २० वित्त कम्पनी, ७४ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९ हजार ७ सय ६५ रहेकोमा २०७७ चैत मसान्तमा १० हजार ५ सय ४६ पुगेको छ ।

प्रतिक्रिया