महालक्ष्मी बिकास बैकद्धारा स्वास्थ सामाग्री प्रदान

काठमाडौं। महालक्ष्मी विकास बैंकले रुपन्देहीको भीम अस्पताललाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । यसै क्रममा बैंकको भैरहवा शाखाले भीम अस्पताल र सिद्धार्थनगर नगरपालिकाको आइसोलेसन सेन्टरलाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको हो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा शाखाका प्रबन्धक गौतम गुप्ताले भीम अस्पताल आकस्मिक कक्षका इन्जार्ज सविता शर्मालाई सर्जिकल मास्क, सेनिटाइजर तथा पिउने पानीलगायतका सामाग्री हस्तान्तरण गरेका हुन । कोरोना महामारीमा अग्रपंक्तिमा खटिएर स्वास्थ्य सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षामा सहयोग पु¥याउने उद्देश्यले बैंकले यी सामाग्री उपलब्ध गराएको हो ।

प्रतिक्रिया