गण्डकीमा फेरि गुरुङ नै मुख्यमन्त्री, आजै लिए सपथ

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि गुरुङले पद तथा गोपनियताको सपथ लिएका छन् ।

सो प्रदेश प्रमुख सीताकुमारी पौडेलले गुरुङलाई सपथ गराएकी हुन् । यसअघि अविश्वासको प्रस्ताव दर्ता भएपछि गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि प्रदेश प्रमुख पौडेलले दलहरूलाई बहुमतको सरकार गठनको लागि बुधबार दिउँसो ४ बजेसम्मको समय दिएकी थिइन् ।

यो अवधिमा विपक्षीले बहुमत जुटाउन नसकेपछि संविधानको धारा १६८ ३ बमोजिम ठूलो दलको संसदीय दलको नेताका हैसियतले गुरुङ फेरि मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनले अब ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिन पर्नेछ ।

आज राष्ट्रिय जनमोर्चाका सांसदहरु कृष्णबहादुर थापा र खिमबिक्रम शाहीले आफूहरु कुनै गठबन्धनमा नरहेको र तटस्थ रहेको भनी विज्ञप्ति जारी गरेपछि प्रदेश प्रमुखको कार्यालयले कांग्रेस सांसद कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्रीमा दावी नपुग्ने निश्कर्ष निकालेको हो ।

प्रतिक्रिया