चार दिनमा ३५२ सवारी कारबाहीमा, पौने चार लाख राजश्व संकलन

काभ्रे । पेसर र्हर्न र ओभरलोड बक्ने सवारी साधानहरु कारवाही गर्दा चार दिनमा नै प्रहरीले पौने चार लाख राजस्व उठाएको छ । काभ्रे जिल्ला स्थित विपि राजमार्ग, अरनिको राजमार्ग र अन्य मार्गहरु भएर चल्ने बिभिन्न किसिमका सवारी सधानहरुले सम्बन्धित कम्पनीले जडान गरेको र्हर्नभन्दा बढी आफुखुसी पेसर र्हर्न जडान गरी राजमार्गमा र सहरी क्षेत्र, विद्यायल क्षेत्र, अस्पताल लगायतका क्षेत्रहरुमा अनावश्यक रुपमा प्रेसर हर्न बजाई ध्वनी प्रदुषण गरेको भन्ने सर्वसाधारणहरुले गुनासो गर्न थाले ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय काभ्रे तथा मातहत प्रहरी कार्यालयहरु र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले उक्त गतिविधिलाई नियत्रण एवं कारवाहीको लागि अभियान चलाई चेकजाँच एवं नियन्त्रण–कारवाहीमा बैशाख २४ गते देखि बैशाख २८ गते सम्मको सवारी कारवाहीमा पेसर र्हन नियन्त्रणमा १९४ वटा टिपर, ओभरलोड कारवाही–कटिङ्गमा १५९ वटा टिपर,डिउटीमा खटिएका प्रहरी कर्मचारीहरुसँग बादबिवाद–कानुन कार्यान्वयनमा बाधा पुर्याउन खोज्ने ६ जना टिपर चालकहरुलाई कानूनबमोजिम पक्राउ गरी कारबाही गराईएको समेत प्रहरी नायब उपरिक्षक हरि खतिवडाले बताए ।

उनका अनुसार सवारी ईजाजत अनुमती पत्र साथमा नभएको २५ वटा सवारीबाट ४३,५००, ओभरलोड कारवाही ३९ सवारीबाट ५८,००० सिटबेल्ट, हेल्मेट प्रयोग नगरेको ३८ वटा सवारीबाट १७,५००, कागजपत्र साथमा नभएको ५६ सवारीबाट ८०,०००,सवारी चालक अनुमती पत्र साथमा नभएको ४८ वटा सवारीबाट ५५,०००,सवारीको अवस्था ठिक नभएको २८वटाबाट ३२,०००, छतमा लगेज १२ वटाबाट. १२,५००, प्रयोजन बिपरित ६ वटा सवारीबाट ६,०००,सिट छेमता भन्दा बढी ३५ सवारीबाट. ४३५००, अन्य ७१ वटा सवारी साधनहरुबाट ८५५०० गरि कारवाही ३५२ सवारीबाट तीन लाख ६३ हजार पाँच सय राजश्व संकलन गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी समेत रहेका (डिएसपी) प्रहरी नायब उपरिक्षक हरि खतिवडाले बताए ।

प्रतिक्रिया