कोरोनाबाट थप १६८ जनाको निधन, ४ हजार ४४४ संक्रमणमुक्त

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप १६८ जनाको निधन भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर गरी १६८ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । यस्तै २४ घण्टामा देशभर ९ हजार २३८ जनामा कोरोना पुष्टि, ४ हजार ४४४ संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया