रेलको बाटोमा कर्णालीका दुःख

काठमाडौं । गायिका स्मृति शाहीको आवाज रहेको ‘रेलको बाटो’ गीत सार्वजनिक भएको छ । यसअघि सुरज पण्डितको स्वरमा आएको यस गीतले चर्चा कमाएसँगै महिला स्वरमा ल्याइएको हो । कर्णाली प्रदेशको विकट जिल्ला हुम्लाको गाउँले परिवेशमा गीत तयार पारिएको छ । लेखराज गिरीको शब्द रचना रहेको यस गीतमा हुम्लावासीले भोग्नुपरेको दुःखलाई कलात्मक रुपमा उठाइएको छ । नेपालमा रेल आउने चर्चा राजनीतिक रुपमा नेताले गरिरहेका बेला हुम्लामा मोटरबाटो पुगरे जनताले राहत कहिले पाउँछन् भन्ने सन्देश गीतमा समेटिएको छ ।

उक्त गीतको भिडियोमा अभिनय गरेका मोडल चिरञ्जिवी सापकोटाले कर्णालीवासीले भोग्नुपरेको दुखान्तलाई गीत र भिडियोमा प्रस्तुत गर्ने कोशिस गरिएको बताए । गीतको भिडियो एक महिना लगाएर निर्देशन गरिएको निर्माण पक्षले जनाएको छ । लक्ष्मण सुनार गरेको भिडियोमा चिरञ्जीवीका साथमा सरस्वती खत्री र स्थानीय कलाकारको अभिनय छ ।

प्रतिक्रिया