फुलहम रेलिगेसनमा

लण्डन । घरेलु मैदानमा बर्नलेसँगको हारसँगै फुलहम इंग्लिस प्रिमियर लिगबाट रेलिगेसनमा पर्ने तेस्रो टोली बनेको छ । शीर्ष डिभिजनमा रहिरहने सम्भावना जीवित राख्न जित निकाल्नै पर्ने खेलमा २–० को हार भोगेपछि फुलहम दोस्रो डिभिजनमा घटुवा भएको हो । फुलहम यसै सिजन (२०१९–२०) मा नै प्रिमियर लिगमा बढुवा भएको थियो । तर, फुलहम शीर्ष डिभिजनमा एक सिजन पनि टिक्न सकेन । त्यसअघि फुलहम २०१८–१९ मा पनि रेलिगेसनमा परेको थियो । तर, एक सिजन पछि नै फुलहम प्रिमियर लिगमा बढुवा हुन सफल भएको थियो ।

फुलहमको रेलिगेसनसँगै प्रिमियर लिगबाट रेलिगेसनमा पर्ने सबै तीन टोलीको टुंगो लागेको छ । यसअघि प्रिमियर लिगबाट वेस्ट ब्रोम र सेफिल्ड युनाइटेड रेलिगेसमनमा परिसकेका छन् । फुलहम रेलिगेसन जोनभन्दा माथि रहेको साउथह्याम्टन र ब्राइटनसँग १० अंकले पछि छ । प्रिमियर लिगको बाँकी तीन खेलमा जित निकालेपनि फुलहमको सम्भावना टर्ने छैन । एक खेल कम खेलेको साउथह्याम्टनको ३७ अंक छ ।
क्राभेन कटेज लन्डनमा सोमबार राति भएको खेलमा बर्नलेको जितमा एस्ले वेस्टवुड र क्रिस वुडले गोल गरे । दुवै गोल पहिलो हाफमा १० मिनेटको अन्तरमा भएको थियो ।

खेलको ३५औं मिनेटमा एस्ले वेस्टवुडले गोल गर्दै बर्नलेलाई अग्रता दिलाए । ४४औं मिनेटमा क्रिस वुडले गोल गर्दै बर्नलेको अग्रता दोब्बर पारे । दोस्रो हाफमा गोल निस्कन नसक्दा पहिलो हाफको दुई गोल नै बर्नलेको जितमा पर्याप्त बन्यो । जितपछि बर्नले ३५ खेलबाट ३९ अंक जोडेर १४औं स्थानमा रहेको छ ।

प्रतिक्रिया