१५ खानेपानी आयोजना सम्पन्न

लमजुङ । गण्डकी प्रदेश सरकारद्वारा सञ्चालन गरिएको खानेपानी आयोजनामध्ये १५ आयोजना सम्पन्न भएका छन् । बेँसीसहर नगरपालिका¬–८ मा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखा एकाइ कार्यालयद्वारा सञ्चालन गरिएका ५० आयोजनामध्ये १५ वटाको काम सकिएको हो । प्रदेश सरकारको चालु आर्थिक वर्ष ०७७/७८ मा सञ्चालन भएका ५० वटा योजनाका लागि ११ करोड ६० लाख ५० हजार बजेट रहेको छ । कार्यालयका प्रमुख इन्जिनियर शम्भुराज खनालका अनुसार सम्पन्न भएका आयोजनामा २४ लाख लागतको दोर्दी गाउँपालिका–¬२ को अर्चलबोट खानेपानी आयोजना, ३५ लाख बजेटमा क्व्होलासोंथर गाउँपालिका¬–७ भोजेको भोजे खानेपानी आयोजना सम्पन्न भएको छ । त्यस्तै १२ लाख लागतको मध्य नेपाल नगरपालिका–¬८ को कल्याणबेँसी खानेपानी योजना, १६ लाख लागतको बाग्रबेँसी चनौटेटोल खानेपानी योजना, मस्र्याङ्दी गाउँपालिका–१ र २ को घनापोखरा खानेपानी आयोजना १२ लाखमा सम्पन्न भएको छ ।

त्यस्तै दोर्दी गाउँपालिका–¬८ वनसार खानेपानी आयोजना ३७ लाख, राइनास नगरपालिको राइनास बृहत् खानेपानी आयोजना ३२ लाख ५० हजार, बेँसीसहर नगरपालिका–¬४ को हिले खानेपानी आयोजना, चरागाउँ खानेपानी आयोजनाको काम सकिएको छ । मस्र्याङ्दी गाउँपालिका–¬४ को मिप्रा स्याँगे खानेपानी आयोजना १२ लाख रुपैयाँमा काम सकिएको छ । त्यस्तै, क्व्होलासोंथर गाउँपालिका–¬६ को पसगाउँ खानेपानी आयोजना ३७ लाख, बेँसीसहर नगरपालिका–¬२ मा १२ लाखमा असिमुरे खानेपानी आयोजना, १२ लाखमा सुन्दरबजार नगरपालिका–¬५ खरिभञ्ज्याङ खानेपानी आयोजना, ३६ लाखमा मध्यनेपाल नगरपालिका¬–३ को सूर्यपाल एक घर एक धारा खानेपानी आयोजना र सुन्दरबजार नगरपालिका¬–८ को बलिथुम खानेपानी आयोजना सम्पन्न भएको कार्यालयले जनाएको छ । बाँकी अन्य निर्माणाधीन आयोजनाहरू समेत अन्तिम अन्तिम चरणमा पुगेको एकाइ कार्यालयका प्रमुख इन्जिनियर शम्भुराज खनालले बताए । उनका अनुसार संघीय सरकारबाट हस्तान्तरण भएका योजनाहरू ससर्त अनुदानका २५ योजनामध्ये नौ आयोजनासमेत सम्पन्न भइसकेको छ । बाँकी आयोजनाहरूको काम तीव्रगतिमा अघि बढिरहेको बताइएको छ ।

प्रतिक्रिया