जेठ १३ गतेबाट हुने भनिएको एसईई र कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं । आगामी जेठ १३ गतेबाट सुरु हेने भनिएको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ र को परीक्षा स्थगित गरेको जनाएको छ । दोस्रो लहर कोरोना (भेरियन्ट) को महामारीका कारण परीक्षा स्थगित गरिएको हो ।

आज (सोमबार) बिहान बसेको बोर्डको बैठकले परीक्षा स्थगित गरेको बोर्डले जनाएको हो । अर्को सूचना नआउँदा सम्मको लागि परीक्षा स्थगित गरिएको बताइएको छ । बोर्डले जेठ १३ गतेबाट एसईई परीक्षा सुरु गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया