एशियन लाइफको सेयर लिलामीमा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको उक्त शेयर बैशाख २६ देखि जेठ ९ सम्मका लागि लिलामीमा ल्याएको हो । यो शेयरको मूल्य प्रतिकित्ता ६ सय ९८ रुपैया तोकिएको छ ।

तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक वा योग्य जो कोहि व्यक्ति तथा संगठित संस्थाले विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलमा पुग्ने गरी बोलपत्र पेश गर्नुपर्ने व्यवस्था रहेको एशियन लाइफले जनाएको छ ।

प्रतिक्रिया