जसपाले सांसदलाई ह्वीप जारी नगर्ने निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको पदाधिकारी बैठक सम्पन्न भएको छ । पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको निवासमा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा वा विपक्षमा मतदान गर्नेबारे कुनै ह्विप जारी नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीले भोलि संसदमा विश्वासको मत लिँदैछन् ।

जसपाका नेता डम्बर खतिवडाले बैठकको बारेमा लेखेका छन्–‘जसपाले ह्वीप जारी नगर्ने, सांसदहरु विपक्षमा मत हाल्न वा तटस्थ बस्न स्वतन्त्र हुने,यसलाई पार्टीको अनुशासनको विषय नबनाईने,अहिले यो मध्यमार्गी बाटोबाट पार्टी एकता जोगाउँने, भोलीको मतदानपछि स्थितिको बृहत समीक्षा गरि एकीकृत कार्यदिशा तय गर्ने पदाधिकारी बैठकको जेन्टलम्यान सहमति।’

प्रतिक्रिया